सिन्धुपाल्चोकलाई करिश्माले एक लाख सहयोग गर्ने



सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन गरेपछि अभिनेत्री करिश्मा मानन्धरले आर्थिक सहयोगको घोषणा गरेकी छन् । उनले फेसबुकमार्फत् सिन्धुपाल्चोकका बासिन्दालाई छोत लाग्ने छानोको व्यवस्था गर्न एक लाख प्रदान गर्ने घोषणा गरेकी हुन् ।

शनिवार राजधानीमा सिन्धुपाल्चोकका कलाकार, नवनियुक्त स्वास्थ्यमन्त्री शेर बहादुर तामाङ, जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची न. पा.का मेयर डम्बर बहादुर अर्याल र हेलम्बु गाविसका प्रतिनिधिबीच छलफल भएको थियो । सिन्धुपाल्चोकको संरचना निर्माणका लागि सहायता आह्वान गर्ने विषयमा समितिको बैठक यही असार १० गते बस्ने भएको छ ।

बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, भत्किएका विद्यालय र पुलको पुननिर्माण गर्न कलाकारहरुले औद्योगिक घराना, गैरआवसीय नेपाली र आफ्ना फ्यानलाई आह्वान गर्नेछन् । संयोजक मल्लले बैंकमा कोष खडा गरेर सबै पक्षसँग सहयोग माग्ने बताए । छलफल कार्यक्रममा चेतन सापकोटा, जितु नेपाल, कृष्ण ढुंगाना, श्वेता खड्का लगायत उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu