‘मैथिली चलचित्र निर्माण अभिमुखीकरण’ विषयक कार्यशाला’ सुरु



maithili-film-workshop-1

[dropcap]च[/dropcap]लचित्र विकास बोर्डको आयोजनामा जनकपुरमा शुक्रवारदेखी मैथिली लोक संस्कृतिको खोजी को अवधारणामा “मैथिली चलचित्र निर्माण अमिमुखिकरण कार्यशाला” सुरु भएको छ । जनकपुरको हारसर स्थित जीवन केन्द्रमा सुरु भए उक्त कार्यशाला ७ दिनसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रममा वोर्डका सदस्य सचिव फणिन्द्र गौतमले कार्यशालाको अन्तिम २ दिनमा प्रशिक्षार्थीहरुबाट कार्यशालाको पाठ्यक्रम बमोजिम स्थानीय स्तरमा मैथिली भाषी समुदायका विषयहरुमा उपलब्ध हुने कथाहरुमा ५ (पाँच ) वटा लघु चलचित्र पनि निर्माण गर्ने कार्यक्रम रहेको सहितमा कार्यक्रमका उद्देश्यहरु सहभागीहरु माझ जानकारी गराएका थिए ।

maithili-film-workshop-2

कार्यक्रममा प्रमुख अतिथि बनेका सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुव शर्माले मैथिली समुदायको आवाज तथा मौलिक कथाहरुलाई सवैका सामु ल्याउने पर्ने बताए । सो वातावरण निर्माण गरी स्थानीय कथा, प्र्रतिभा र पहिचान प्रस्फुटन हुने अवसर उपलब्ध गराउन कार्यशाला गरिएको उनको भनाई थियो । मैथिली चलचित्रहरूको विकास, संरक्षण र सम्वर्द्धन गर्न तथा चलचित्रकर्मीको पेशागत दक्षता अभिवृद्धिमा यो कार्यक्रमले सहयोग पुग्ने उनको भनाई थियो ।

प्रशिक्षकहरुको तर्फबाट डा. राजेन्द्र विमलले मैथिली कला, तथा लोक संस्कृतिको सवृद्धताका विषयमा प्रकाश पारेका थिए । अन्तराष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष पुष्प बरुवालले यस किसिमको कार्यशालाबाट पेशागत दक्षता अभिवृद्धिमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले चलचित्र विकास वोर्डका यस किसिमका चलचित्रको गुणस्तरिय उत्पादनको आधारहरु तयार गर्ने कार्यको प्रशंसा गरे । बरुवालले यस कार्यशालाबाट उत्पादित उत्कृष्ट चलचित्रलाई मार्च २९ मा नेदरल्याडको एम्सटड्रममा सो समाजबाट आयोजित नृत्य तथा चलचित्र महोत्सव कार्यक्रममा प्रदर्शन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यशालामा सहभागी ६ जिल्लाका ४० प्रशिक्षार्थीहरुमध्ये २० प्रशिक्षार्थीहरुलाई दोस्रो चरणको प्रशिक्षण प्रदान गरी ३० देखी ४० मिनेटका चलचित्र बनाउन लगाईने छ । जसमा २० प्रशिक्षार्थीहरुमध्ये उत्कृष्ट काम गर्ने ३ प्रशिक्षाथी छनौट गरी पुरा लम्बाईको मैथिली चलचित्र निर्माणको वातावरण बनाउने दिशा तर्फ बोर्ड अग्रसर रहने बताईएको छ ।

maithili-film-workshop-3

कार्यशाला कार्यक्रमको उद्घाटन सत्रमा वोर्डका प्रवक्ता अनुपम निरौलाले कार्यशालाले सिमान्तकृत समूह, वर्ग र क्षेत्रको कथा र स्मृतिहरुको विकासको सम्भावनालाई प्रोत्साहित गर्ने बताएका थिए । उनले कार्यक्रमबाट मैथली चलचित्रमा मैथिली भाषी समुदायका आवाजहरु, मौलिक कथाहरु माथि उठ्ने वातावरण निर्माण गरी स्थानीय विषयहरु र प्र्रतिभाहरु प्रस्फुटन हुने वातावरण बन्ने बारे प्रकाश पारे ।

सो कार्यशालामा चलचित्रमा उच्च दक्षता हासिल गरेका प्रशिक्षकहरुमा डा. राजेन्द्र बिमल, डब्बु क्षत्री, आलोक तिवारी, मिश्रीलाल यादब र सवनम मुखिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu