सन्ध्या र यूवराजको स्वरमा ‘मेरी माया’ (भिडियो)



गायिका सन्ध्या डिले आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन्’ लिएर आएकी छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी उनले आफ्नै शब्द तथा संगीतको उक्त यूगल गीत तयार पारेकी हुन् । गीतमा उनलाई गायक यूवराज चौलागाईंले साथ दिएका छन् । गीतबारे सन्ध्या भन्छिन्–‘मेरी माया आउँदै छिन् गीतमा मैले विदेशिएका चेलीहरुलाई केन्द्रमा राखेर तयार पारेकी छु ।’

गायिका सन्ध्या १२ वर्षको उमेरमै अमेरिका लागिन् । झम्सिखेल, ललितपुरकी स्थायी बासिन्दा सन्ध्याले नेपालमा छँदा आफू अध्ययनरत विद्यालय तथा रेडियो नेपालको बाल कार्यक्रममा गएर समेत गीत गाएकी थिइन् । तर, अमेरिका गएपछि उनको गायन कला छुट्यो ।

‘गीत मेरो लागि छुटेको सपना थियो, अहिले पुरा गर्ने कोशिश गरिरहेकी छु,’ गायिका सन्ध्या भन्छिन्– ‘सानै उमेरमा अमेरिका गएकीले गीत गाउने क्रम टुट्यो, जीवनमा जति नै कुरा हासिल गरे पनि गीत गाउन नपाएको कुराले बिझिरहन्थ्यो । जब आफ्नो लागि समय निकाल्न सक्छु, त्यतिबेला गाउँछु भन्ने थियो । म सधैं एउटा सही गीतको खोजिमा थिएँ । मेरी माया आउँदैछिन्‘मेरो लागि त्यही सही गीत बनेको छ ।’

गीतको म्युजिक भिडियोमा टिकटकका स्थापित अनुहार पुरुषोत्तम सिग्देललाई सुजान श्रेष्ठ, सब्बु तथा सृजनासँगै फिचर गरिएको छ । राजन ईशान यो गीतका संगीत संयोजक हुन् । रामेश्वर जिरेलद्वारा छायांकन गरिएको भिडियोको सम्पादन लोकेन्द्र सुब्बाले गरेका हुन् भने कमल योञ्जनले यसलाई निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu