सरोज खनालको जीवनको अतीत सम्झाउने गीत (भिडियो)



नेपाली चलचित्रका लोकप्रिय अभिनेता सरोज खनालको जीवनको अतीत सम्झाउने ‘जीवनको पाना पुरानो अब भएर गएछ’ बोलको गीत सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीतमा बाबुराम श्रेष्ठको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । भिडियोमा सरोज खनालले अभिनय गरेका छन् भने अन्तिममा मदनकृष्ण श्रेष्ठलाई पनि देख्न सकिन्छ ।

वृद्धावस्थाको भूमिकामा अभिनय गरेका अभिनेता खनालले भिडियोमा आफ्नो जीवनमा भोगेका भोगाइ र पाएको सम्मानलाई स्मरण गरेका छन् । अतीत सम्झाउने दृश्यमा उनी आफैँले अभिनय गरेका विभिन्न चलचित्रका गीतको फुटेजहरु, तस्बिर, अभिनयका क्रममा प्राप्त गरेका अवार्ड तथा सम्मानहरुलाई समेटेका छन् । जसले भिडियोलाई थप जीवन्त बनाएको छ ।

राजेन्द्र वाग्लेको प्रस्तुति एवं राज केसीको निर्देशन रहेको उक्त गीतको परिकल्पना अभिनेता खनालकै रहेको छ । हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको छायांकन र रमेश थापाको सम्पादन रहेको भिडियोको प्रायः अंश सरोज खनालको घरमै खिचिएको हो । भिडियोमा उनको अभिनयले मन छुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu