कस्तुप पन्तले ल्याए ‘आयो दशैं तिहार’ गीत (भिडियो)



हिन्दुहरुको महान पर्व दशैं र तिहारलाई लक्षित गरेर लोकदोहोरी गायक तथा संगीकार कस्तुप पन्तले ‘आयो दशैं तिहार’ बोलको गीत ल्याएका छन् । गायक पन्त आफैंले शब्द लेखेको उक्त गीतमा केशव सापकोटाको संगीत छ भने कमल सौरागले संगीत संयोजन गरेका हुन् ।

गीतमा गायिका देवी घर्ती मगरले गायक पन्तलाई आवाजमा साथ दिएकी छन् । दशैं र तिहारको समयमा गरिब तथा निमुखाहरुलाई समस्या हुँदा कसकोे दैलोमा गइ मागेर ल्याउने र दशैं–तिहार मनाउला भन्ने एउटा गरिबको पीडालाई गीतको शब्द र भिडियोमा पनि समावेश गरिएको गायक पन्तको भनाइ छ ।

उक्त गीतको भिडियोमा निर्देशन सृजन बरालले गरेका छन् भने दिनेश पराजुलीको छायांकन रहेको छ । मोडल जिबी चिरन र निरुता शाहीले भिडियोमा अभिनय गरेका छन् । उनिहरुको साथमा बाल कलाकार आर्चय पन्तको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा अमृत चापागाईंले सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu