‘परदेश बस्न मन छैन’ गीतमा परदेशीको पीडा



परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दशैं गीत सार्वजनिक भएको छ । नायक दिनेश केसी र आशा केसीको स्वर रहेको ‘परदेश बस्न मन छैन’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा अमृत भारतीको शब्द र राजकुमार नेपालीको संगीत रहेको छ ।

चाडपर्वका बेला परदेशमा रहँदा आफ्नो गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट भिडियोमा उतार्ने प्रयास गरेको भिडियोका निर्देशक चेतनाथ दंगालले बताए । गीतको भिडियोमा नायक दिनेश केसी, नायिका उषा खनाल, सरिता राजउपाध्याय, पुर्षोत्तम दंगाल लगायतका कलाकारले जीवन्त अभिनय गरेका छन् ।

गीतको भिडियोलाई मदन कास्यप घिमिरेले खिचेका हुन भने सम्पादन लिगेश भट्टराईले गरेका हुन् । ‘परदेशमा रहने नेपालीले दशैं, तिहारमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ । आशा छ गीतले दर्शक, स्रोताकोे मन छुनेछ,’ गायक केसीले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu