सिने सर्कल फिल्म अवार्ड: कसले कुन अवार्ड पाए ?



काठमाडौँ।
कोरोना महामारीले रोकिएको ‘सिने सर्कल फिल्म अवार्ड’ पछिल्ला तीन बर्षका चलचित्रहरुलाई सहभागी गराउँदै शुक्रबार सम्पन्न भएको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रमुख अतिथि बनाई काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा अवार्ड प्रदान कार्यक्रमको आयोजना गरिएको थियो।

अवार्ड कार्यक्रममा मेकअप आर्टिष्ट सन्तु तामाङ र भान्छा व्यबस्थापक कूलबहादुर महतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। ट्रेन्डसेटर अवार्डबाट दीपकराज गिरी, दीपाश्री निरौला, सन्तोष सेन र निश्चल बस्नेतलाई सम्मानित गरियो।

अवार्डमा ‘महापुरुष (२०७९)’, ‘आमा (२०७८)’ र ‘गोपी (२०७७)’ले सर्वश्रेष्ठ चलचित्रको अवार्ड हात पारे। त्यस्तै, सर्वश्रेष्ठ निर्देशकको ट्रफी प्रदीप भट्टराई (महापुरुष – २०७९), दीपेन्द्र के खनाल (आमा – २०७८) र दीपेन्द्र लामा (गोपी – २०७७) ले प्राप्त गर्न सफल रहे। सर्वश्रेष्ठ अभिनेताको अवार्ड हरिवंश आचार्य (महापुरुष – २०७९), दयाहाङ राई (कबड्डी ३ – २०७८) र बिपिन कार्की (गोपी – २०७७) ले प्राप्त गरे भने सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड केकी अधिकारी (झिंगेदाउ – २०७९), सुरक्षा पन्त (आमा – २०७८) र
स्वस्तिमा खड्का (बुलबुल – २०७७)ले प्राप्त गरे।

अन्य विजेताहरु यसप्रकार छन्:
सर्वश्रेष्ठ पटकथा:
प्रदीप भट्टराई (महापुरुष – २०७९)
दीपेन्द्र के खनाल (आमा (२०७८)
दीपेन्द्र लामा/सामिप्य तिमल्सिना (गोपी (२०७७)

सर्वश्रेष्ठ छायांकन:
विष्णु कल्पित (झिंगेदाउ – २०७९)
म यस्तो गीत गाउँछु (सौरभ लाभा – २०७८)
मानकृष्ण महर्जन (छिरिङ – २०७७)

सर्वश्रेष्ठ सम्पादन:
प्रेमगीत ३ (बनिश शाह र भूपेन्द्र अधिकारी)

सर्वश्रेष्ठ स्क्रिन कपल:
धीरज मगर र अदिती बुढाथोकी (बाबरी – २०७९)
पल शाह र पूजा शर्मा (म यस्तो गीत गाउँछु – २०७८)

सर्वश्रेष्ठ संगीत निर्देशक:
दीपक शर्मा (दर्शन सलाम (छक्कापञ्जा ४)

सर्वश्रेष्ठ गीतकार:
राजेश श्रेष्ठ (प्रेमगीत ३)

सर्वश्रेष्ठ पार्श्र्वगायिका:
अस्मिता अधिकारी (बाबरी रंगमा – बाबरी)

सर्वश्रेष्ठ पार्श्र्वगायक:
रामकृष्ण ढकाल (हिजोआजका कुरा)

सर्वश्रेष्ठ नृत्य निर्देशक:
कविराज गहतराज (छक्कापञ्जा ४)

सर्वश्रेष्ठ एक्सन निर्देशक:
रोशन श्रेष्ठ (नालापानी)

सर्वश्रेष्ठ स्टन्ट:
विश्व घिसिङ (लाखे)

सर्वश्रेष्ठ ट्रेलर:
जीवन थापा (प्रकाश)

क्रिटिक्स (सर्वश्रेष्ठ पर्फमेन्स अवार्ड):
प्रदीप खड्का (प्रकाश)

क्रिटिक्स (सर्वश्रेष्ठ पर्फमेन्स अवार्ड):
दीया मास्के (प्रकाश)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu