
काठमाडौँ।
भाद्र १४ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘ऐँचोपैँचो’को टिजर सार्वजनिक भएको छ । कृषा चौलागाईको डेब्यू निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
यसको टिजरमा प्रमुख कलाकार सबैको सामान्य परिचय देखाईएको छ । टिजरबाट ठ्याक्कै कुन कथामा यो चलचित्र बनेको छ भन्ने ठम्याउन सकिँदैन । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । स्क्रिप्ट अभिमन्यु निरवीले लेखेका हुन् ।
टिजर हेर्नुहोस्ः


