‘हेलो काँशीराम’को गीतमा दिलीप र प्रियङ्काको नृत्य



काठमाडौं – चलचित्र ‘हेलो काँशीराम’को लागि अभिनेता दिलीप रायमाझी र अभिनेत्री प्रियङ्का कार्कीले ‘झ्यामकी मादल झ्याम’ बोलको गीतको छायाङ्कन सकेका छन् । हालै निर्माण पक्षले यो गीतको छायाङ्कनका केही तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा दिलीप र प्रियङ्का आकर्षक पहिरनमा नृत्य गरिरहेको देख्न सकिन्छ । 

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीत काठमाडौंमा भव्य सेट बनाएर छायाङ्कन गरिएको हो । गीतमा प्रताप दास र मेलिना राईको स्वर छ भने ६४ जना कोरस डान्सरले पनि नृत्य गरेका छन् ।आगामी जेठ २ गते प्रदर्शनको लागि तय भएको यो चलचित्रको गीत नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ । 

चलचित्रमा दिलीप रायमाझी मुख्य भूमिकामा छन् । रिम विश्वकर्माले लेखन तथा निर्देशन गरेको यो चलचित्र कमेडी जनरामा बनेको हो, जसमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘फुलन्देको आमा’, अर्जुन गुरुङ, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको समेत अभिनय रहेको छ । प्रियङ्का कार्कीको विशेष भूमिका रहेको बताइए पनि निर्माण टिमले यस बारेमा थप जानकारी दिएको छैन ।

रेडलाइन फिल्म्सको ब्यानरमा पी.बी. थापाले निर्माण गरेको यो चलचित्रलाई यम आलेले खिचेका हुन् । शङ्कर महर्जनको द्वन्द्व निर्देशन, मित्र डी. गुरुङको सम्पादन, नरेन्द्र वियोगी र विपिन आचार्यको सङ्गीत संयोजन तथा शाश्वत श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu