‘पिताम्बर’को एक्सन प्रधान ट्रेलर सार्वजनिक



काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक भएको छ । मङ्गलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एक्सन प्रधान ट्रेलर सार्वजनिक गरिएको हो, जसमा चलचित्रका सबै प्रमुख कलाकारहरू समावेश छन् ।

ट्रेलर महिलामाथि हुने हिंसाको परिणामबाट सुरु हुन्छ। अभिनेता प्रदीप खड्काको वरिपरि घुमेको ट्रेलरमा दयाहाङ राई र सौगात मल्ल कठोर प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् भने अनुपविक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरीलगायत नकारात्मक भूमिकामा देखिएका छन् । अभिनेत्री दिव्या रायमाझी, सुपुष्पा भट्ट र सुरक्षा पन्तलाई भने ट्रेलरमा थोरै दृश्यमा मात्र देखाइएको छ ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय रहेको छ । बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन् ।

यसमा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको सङ्गीत, हिमाल केसीको द्वन्द्व छ । नेपालभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu