बेनिशा हमाल: ‘एक्लो’की क्विन मारा



काठमाडौं – साइन्स फिक्सनमा आधारित नेपाली चलचित्र ‘एक्लो’की मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा हमाललाई भव्य र सुन्दर देखिएको छ । उनको क्यारेक्टरको नाम क्विन मारा रहेको छ । हमालको यो नयाँ लुक्सले दर्शकहरूलाई चलचित्रप्रति थप उत्सुक बनाएको छ ।

निर्देशक प्रदीप शाहीले यो चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेको जनाएका छन् । यसको हाल लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रलाई आगामी दीपावलीमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डिसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन साविक सिंह र बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu