नीर शाहलाई ‘रजत जयन्ती दीर्घ साधना सम्मान’, उपेन्द्र र फिडेललाई वर्ष निर्देशकको उपाधि



काठमाडौं – नेपाली चलचित्र उद्योगका धरोहर निर्देशक तथा अभिनेता नीर शाहलाई ‘रजत जयन्ती दीर्घ साधना सम्मान २०८१’ बाट सम्मानित गरिएको छ । चलचित्र निर्देशक समाजले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर शाहलाई नगदसहित उक्त सम्मान प्रदान गरेको हो ।

त्यस्तै, चलचित्र निर्देशक शम्भु प्रधानलाई ‘रजत जयन्ती हिरासिंह स्मृति सम्मान २०८१’ प्रदान गरियो भने निर्देशक कलाकार श्याम राई, सुबोधकुमार पोखरेल र रक्षासिंह राणालाई ‘रजत जयन्ती स्रष्टा सर्जक सम्मान २०८१’ बाट सम्मान गरिएको छ ।

निर्देशक समाजले आयोजना गरेको रजत जयन्ती समारोहमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, संस्थाका अध्यक्ष जनकदीप पराजुली, वरिष्ठ अभिनेत्रीहरू वसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायत थुप्रै चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो ।

समारोहमा वर्ष निर्देशकको उपाधि व्यावसायिक चलचित्रतर्फ ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा र समीक्षात्मक रूपमा ‘द रेड सुटकेस’का निर्देशक फिडेल देवकोटालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu