‘नरसिंहाः अवतार’ विदेश बिक्री सुरु



काठमाडौं – आगामी जेठ ९ गते रिलिज हुने नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को पहिलो झलक सार्वजनिक भएदेखि नै अन्तर्राष्ट्रिय बजारमा यसको माग तीव्र रूपमा बढेको दाबी निर्माण पक्षले गरेको छ । निर्देशक दिवाकर भट्टराईका अनुसार, चलचित्रको फस्टलुकले ओभरसिजका नेपाली चलचित्र वितरकहरूको ध्यान खिचेको छ र केही दिनमै यसको बिक्री सम्झौताहरू सम्पन्न हुने चरणमा छन् ।

यसैबीच, जापानको यूएनए इन्टरटेन्मेन्टले यस चलचित्रको जापानको लागि प्रदर्शन अधिकार खरिद गरेको बताइएको छ । यो चलचित्रलाई जापान र अन्य देशहरूमा पनि नेपालसहित एउटै मितिमा रिलिजको तयारी गरिएको जनाइएको छ ।

यस चलचित्रमा अभिनेता राजेश हमालको पुनरागमनले पनि यसको चर्चालाई थप उचाइमा पुर्‍याएको छ । हालै मात्र चलचित्रको ६० फिट लामो पोस्टर सार्वजनिक भएको थियो, जुन विषय अहिले चर्चामा छ ।

‘नरसिंहाः अवतार’मा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ । फिल्मको निर्माणमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu