चलचित्र निर्माणमा सङ्गीतकार अधिकारी र गायक बिक, युद्धको कथामा ‘द महावीर’ बन्दै



काठमाडौं – नेपाली चलचित्र ‘द महावीर’को निर्माण घोषणा गरिएको छ । आइतबार निर्माण टोलीले एक रहस्यमय थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण आरम्भ भएको जानकारी गराएको हो । ‘उठ, लड र जित’ नारासहितको पोस्टरले युद्धको परिवेशको सङ्केत दिएको छ । रातो र कालो रङ्गको संयोजनमा तयार पारिएको पोस्टरमा दुई शक्तिशाली घोडामा सवार योद्धा आमेन-सामने भएको देखाइएको छ । बीचमा रगतले लतपतिएको तरबारले युद्धको भयावहतालाई चित्रण गर्दछ ।

यस चलचित्रलाई यसअघि विभिन्न म्युजिक भिडियोहरू निर्देशनको अनुभव भएका जिबी आग्रीले निर्देशन गर्नेछन् । गायक समेत रहेका कृष्ण बिक र निर्देशक आग्रीले यसको स्क्रिप्ट तयार पारेका हुन्  । यसमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्ने भएका छन् । चलचित्र लक्षरा फिल्सको ब्यानरमा निर्माण हुनेछ, जसमा कृष्ण बिक, बिआर रेड्डी र सन्तोष लुहार निर्माताको रूपमा रहेका छन् भने रम्भा देवी र लक्ष्मण बिक सह निर्माता हुन् ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने यो चलचित्रको  छायाङ्कन शरण ऋषिले गर्नेछन् । चलचित्रमा अभिनय रहने कलाकारहरूका बारेमा भने खुलासा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu