‘पिताम्बर’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा



काठमाडौं – शुक्रवारदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पिताम्बर’ को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको चलचित्र सेगमेन्टमा पहिलो स्थानमा पुगेको छ । गत मङ्गलवार सार्वजनिक गरिएको यो ट्रेलरले छोटो समयमै २० लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण गरिएको ‘पिताम्बर’ कृषा चौलागाईंको निर्देशनमा तयार भएको हो । यसमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, लगायतका कलाकारको अभिनय रहेको छ । बाल कलाकारको रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) रहेका छन् ।

चलचित्रमा निर्माता विशाल चौलागाईं हुन् भने सह निर्माताको रूपमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं छन् । कार्यकारी निर्माता सुमन गौतम हुन् । यसको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu