‘कार्की साइँला’को मुख्य भूमिकामा जितु नेपाल



काठमाडौं – पछिल्लो समय हास्य अभिनेता जितु नेपालको व्यस्तता बढ्दो छ । यस वर्ष ‘ज्वाइँ साब’ र ‘कार्साङ’ मा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका जितुले केही समयअघि ‘परालको आगो’ मा अनुबन्धित भएर चर्चा कमाएका थिए । अब उनले अर्को चलचित्र ‘कार्की साइँला’ मा मुख्य भूमिका निभाउने भएका छन् ।

निर्देशक राजेन्द्र बस्नेतले जितुलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् । कर्ण बहादुर फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रमा जितुबाहेक अन्य कलाकारहरूको छनोट हुन बाँकी छ । कृष्ण भगत चाम्लिङ प्रस्तुत कर्ता रहेको यस चलचित्रको निर्मातामा बालकुमार राई र श्याम मगर रहेका छन् ।

‘कार्की साइँला’ ले ग्रामीण जीवनको कथालाई पर्दामा उतार्ने बताइएको छ । निर्देशक बस्नेतका अनुसार, चलचित्रमा सामान्य मानिसहरूको जीवनलाई चित्रण गरिनेछ । जितुले एक भरियाको भूमिका निभाउनेछन् । अजित लामिछानेले यसको पटकथा र संवाद लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu