‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक



काठमाडौं – जेठ २ गते रिलिज हुने नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक टिजरमा मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय देख्न सकिन्छ । टिजरले काठमाडौंमा निम्न वर्गीय परिवारले भोग्ने समस्या, सङ्घर्ष र भावनात्मक पक्षलाई उजागर गरेको छ ।

टिजरमा देखाइएको दृश्यले दर्शकलाई भावनामा डुबाउँछ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुङ्गो बनाउने दृश्यले आम नेपालीको जीवनशैलीलाई प्रतिबिम्बित गर्दछ । पशुपतिको किनारमा दुई दुःखी पात्रको कथाले चलचित्रको कथावस्तुको झलक दिन्छ ।

टिजरमा पृथ्वीलाई एउटा डेराको रूपमा चित्रण गरिएको छ, जहाँ हरेक मानिसले भाडा तिरिरहेका हुन्छन् । यसले मानिसहरूबिचको समानता र जीवनको क्षणभंगुरतालाई दर्साउँछ । पारिवारिक प्रेम, वियोग र मानसिक यातनालाई टिजरमा प्रस्तुत गरिएको छ ।

दीपेन्द्र के खनालको निर्देशन तथा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा बनेको यस चलचित्रको कथा बुद्धि सागरले लेखेका हुन् । कृष्णबहादुर थापाको छायाङ्कन रहेको यस चलचित्रको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu