‘पिताम्बर’का दर्शक भेट्न प्रदीप खड्कासहित कलाकारहरूको हल भ्रमण



काठमाडौं – शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘पिताम्बर’ले पहिलो दिन हलमा मध्यम उपस्थितिबाट सुरुआत गरेता पनि शनिवार भने काठमाडौंलगायत देशभरका हलहरूमा उल्लेखनीय अकुपेन्सी बटुल्न सफल भएको छ । चलचित्र हेर्न हल पुग्ने दर्शकलाई धन्यवाद ज्ञापन गर्दै अभिनेता प्रदीप खड्का, अभिनेत्री दिव्या रायमाझी, सुपुष्पा भट्ट, दिव्य देव पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी लगायतका कलाकारहरू शनिवार कीर्तिपुर सिनेप्लेक्स, बिग मुभीज, लबिम मल, बिएसआर, सिटी स्क्वायर लगायतका हलमा पुगेका थिए । कलाकारको उपस्थितिले दर्शकमा थप उत्साह थपेको देखिन्थ्यो ।

निर्देशक कृषा चौलागाईंले चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रियाले नेपाली चलचित्र बजारमा पुनः ऊर्जा दिने विश्वास व्यक्त गरेकी छन् ।  मल्टी स्टारर ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय रहेको छ। यसैगरी, बाल कलाकारहरू आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) को पनि उपस्थिति रहेको छ ।

विशाल चौलागाईं निर्मित यस चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माताका रूपमा जोडिएका छन् । सुमन गौतम कार्यकारी निर्माता रहेका फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा ट्रेलर, समीर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको सङ्गीत तथा हिमाल केसीको द्वन्द्व निर्देशन समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu