
काठमाडौं – निर्देशक याम शेर्पाले आफ्नो आगामी चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । यो चलचित्र नयाँ वर्ष २०८२ मा प्रदर्शन हुने भएको छ ।
‘कार्साङ’ फेम्ड निर्देशक शेर्पाले ग्रामीण परिवेशको कथालाई पर्दामा उतार्ने योजना बनाएका छन् । यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको थिम पोस्टर सार्वजनिक भएको छ । जसमा एक महिला र एक पुरुष बिहानीको पहिलो किरणमा उभिएर सूर्यतिर फर्किरहेका देखिन्छन् ।
चलचित्रको कथा निर्देशक शेर्पा आफैँले लेखेका हुन् । निमु शेर्पा र चोङ्वा लामा शेर्पाले लगानी गर्ने यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने भएको छ ।
निर्देशक शेर्पाले ‘कार्साङ’बाट सिकेका अनुभवलाई ‘मिरमिरे’मा प्रयोग गर्ने बताएका छन् । “यो चलचित्र सामाजिक विषयवस्तुमा आधारित हुनेछ,” उनले भने, “हामी बिस्तारै कलाकारहरूको बारेमा जानकारी दिनेछौँ ।”
चलचित्रको प्रदर्शन मिति तय भइसकेको छैन ।