‘जारी २’ निर्माण घोषणा, रिलिज कहिले ?



काठमाडौं – नयाँ वर्ष २०८२ को पहिलो दिन विभिन्न चलचित्रहरूको निर्माण घोषणा तथा रिलिज मिति घोषणा भइरहेका छन् । यसैबीच, २०८० सालको सर्वाधिक सफल चलचित्र ‘जारी’को सिक्वेल ‘जारी २’ को निर्माण घोषणा गरिएको छ । अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको त्रिकोणात्मक भूमिका रहने यो चलचित्र सोमबार नयाँ वर्षको शुभ अवसरमा एक पोस्टर सार्वजनिक गर्दै निर्माणको आधिकारिक घोषणा गरिएको हो ।

पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको आकर्षक रूपमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको साङ्गीतिक पक्षलाई उजागर गर्दछ । चलचित्रको शीर्षकसँगै ‘सङ्ग अफ च्याब्रुङ’ भनिएको छ, जसबाट यसको कथामा सङ्गीतको महत्त्वपूर्ण भूमिका रहने अनुमान लगाउन सकिन्छ ।

‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाले नै ‘जारी २’ को लेखन तथा निर्देशनको जिम्मेवारी लिएका छन् । यो

चलचित्रको छायाङ्कन वैशाखको तेस्रो साताबाट सुरु हुने जनाइएको छ । यसमा दयाहाङ, विजय र मिरुनाका साथै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखु जस्ता चर्चित कलाकारहरूको अभिनय रहनेछ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने यो चलचित्रलाई रामबाबु गुरुङले निर्माण गर्दै छन् । यो चलचित्र यसै वर्षको दसैँमा प्रदर्शनमा आउने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu