
काठमाडौं – समसामयिक सामाजिक तथा राजनीतिक विषयवस्तुलाई उठान गर्ने उद्देश्यले निर्माण हुन लागेको चलचित्र ‘बिगुल’मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो सङ्गीत र शब्द रचना गरेका छन् । रमेश कोइरालाको निर्देशनमा तयार हुन लागेको यस चलचित्रको ‘आऊ यस्तो देश बनाऔँ’ बोलको गीत केही दिन अघि गायक राजेश पायल राईको आवाजमा रेकर्ड गरिएको हो ।
‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, र सुमोद भारद्वाज जस्ता कलाकारहरूको अभिनय रहनेछ । छायाङ्कन शिव ढकालले गर्नेछन् भने कथा दिनेश कोइरालाको रहेको छ । यसको पटकथा र संवाद मौनता श्रेष्ठले लेखेका हुन् ।