चलचित्र ‘महाराजधिराज’मा आर्यन सिग्देलको प्रवेश



काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘महाराजधिराज’मा अब चर्चित अभिनेता आर्यन सिग्देलको पनि प्रवेश भएको छ । चलचित्रको कलाकार टोलीलाई अझ सशक्त बनाउँदै निर्माता टिमले सिग्देललाई प्रोजेक्टमा स्वागत गरेको जानकारी दिएको छ ।

चलचित्रमा जोडिएको अवसरप्रति प्रतिक्रिया दिँदै अभिनेता सिग्देलले भनेका छन्, “नयाँ चलचित्र र नयाँ पात्र । आशा छ यहाँहरूले इन्जोए गर्नुहुन्छ होला ।”

निर्माताका अनुसार सिग्देलको दमदार अभिनय र व्यक्तित्वले कथालाई थप जीवन्तता दिने विश्वास लिइएको छ । चलचित्रका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् भने प्रस्तुत कर्ता बिराज विष्ट हुन्, जसले राष्ट्रिय पुरस्कार प्राप्त चलचित्र बुलाकी निर्माण गरेका थिए ।

यसअघि अभिनेता पल शाह र रमेश उप्रेती चलचित्रमा अनुबन्ध भइसकेका छन् । निर्देशक परिच्छेद सेनको निर्देशनमा तयार हुँदै गरेको महाराजधिराज दसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा छ । सेनको अघिल्लो निर्देशन ‘प्रेमगञ्ज’ले समीक्षात्मक प्रशंसा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu