
काठमाडौं – नेपाली चलचित्र निर्मात्री शर्मिला पाण्डेले आफ्नो नयाँ फिल्म प्रोजेक्ट अगाडि बढाउने तयारी गरेकी छिन् । यस चलचित्रको निर्देशनको जिम्मा शर्मिलाकै छोरा सुरज पाण्डेले सम्हाल्ने भएका छन् । यसअघि ‘लभ लभ लभ’, ‘आमा’ र ‘परस्त्री’ चलचित्रहरू बनाएकी शर्मिलाले प्रमुख भूमिकाको लागी अभिनेता प्रदीप खड्का र गौरव बिस्टसँग प्रारम्भिक छलफल गरेको जनाएकी छन् ।
निर्मात्री शर्मिला पाण्डेले प्रदीप खड्कासँगको भेटवार्तालाई सकारात्मक रूपमा लिएकी छिन् । उनले बताए अनुसार, प्रदीपले ६ महिनापछि समय दिन सक्ने बताएका छन् । यस विषयमा अभिनेता खड्काले छलफल भएको तर, काम गर्ने पक्का चाहिँ भई नसकेको बताए ।
शर्मिलाले चलचित्रको सम्पूर्ण छायाङ्कन अमेरिकामा हुनसक्ने बताइन् ।




