
काठमाडौं – प्रदर्शनको लागि दसैँ लक्षित नेपाली चलचित्र ‘महाराजधिराज’ मा कलाकारहरू जोडिने क्रम जारी छ । निर्माण टोलीले बिहीबार नायिका वर्षा सिवाकोटीलाई पनि अनुबन्ध गरेको छ । यसअघि आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह पनि यो चलचित्रमा अनुबन्ध भइसकेका छन् ।
यो चलचित्र परिच्छेद सेनले निर्देशन गर्दै छन् । यसको पोस्टर पहिले नै सार्वजनिक भइसकेको छ । ‘महाराजधिराज’ फूलपातीमा रिलिज हुने जनाइएको छ ।
यसका प्रस्तुत कर्ता बिराज विष्ट हुन्, जसले यसअघि चलचित्र ‘बुलाकी’ बनाएका थिए । ‘महाराजधिराज’ का निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।