राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलरमा दुई दिनमा १० लाख भ्युज



काठमाडौं – अभिनेता राजेश हमाल आठ वर्षपछि पर्दामा फर्किएको चलचित्र ‘नरसिंहाः अवतार’ को ट्रेलरले सार्वजनिक भएको छोटो समयमै सनसनी मच्चाएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट दुई दिनअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले १० लाख भ्युजको आँकडा पार गरेको छ । हाल यो ट्रेलर युट्युबको मुभी सेक्सनमा ३ नम्बर ट्रेन्डिङमा छ ।

दिवाकर भट्टराईद्वारा लिखित तथा निर्देशित यो चलचित्रको ट्रेलरलाई दर्शकहरूले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया आएका छन्, जसमध्ये अधिकांश सकारात्मक छन् । लामो समयपछि राजेश हमाललाई एक्सन अवतारमा देख्न पाउँदा दर्शकहरू निकै उत्साहित भएका छन् । सामाजिक सञ्जालमा पनि ट्रेलरलाई व्यापक रूपमा शेयर गरिएको छ ।

महानायक हमालको यो कमब्याक चलचित्र भएका कारण पनि दर्शकहरू यसको प्रदर्शनलाई व्यग्रताका साथ पर्खिरहेका छन् । चलचित्रमा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जङ्ग बस्नेत, एल्भिना खड्का, र समाइरा थापा लगायतका कलाकारहरूको  अभिनय रहेको छ ।

यसअघि सार्वजनिक भएको चलचित्रको ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ बोलको गीतले पहिले नै चर्चा बटुलिसकेको छ । ट्रेलरले पनि उच्च हाइप सिर्जना गरेपछि चलचित्रले बक्स अफिसमा धमाकेदार सुरुवात गर्ने अनुमान गरिएको छ ।

नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेले संयुक्त रूपमा लगानी गरेको यो चलचित्र नेपाली चलचित्र जगतमा नयाँ रेकर्ड कायम गर्न सफल हुने अपेक्षा गरिएको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu