अभिनेत्री घिमिरे अमेरिकी एडटेक कम्पनी ‘कोड मन्त्र’ को ब्रान्ड एम्बेसडर नियुक्त



काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री ऋचा घिमिरे अमेरिकामा अवस्थित एक शैक्षिक प्रविधि कम्पनी ‘कोड मन्त्र’ को ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । 

कोड मन्त्र कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स, कोडिङ, रोबोटिक्स, गणित र मेसिन लर्निङ जस्ता अत्याधुनिक विषयहरूमा केन्द्रित रहेर भावी पुस्तालाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ । कम्पनीका अनुसार, प्रविधिको क्षेत्रमा बालबालिकालाई तयार गराउने कोड मन्त्रको उद्देश्यसँग ऋचा घिमिरेको दृष्टिकोण मिल्दोजुल्दो भएकाले उनलाई ब्रान्ड एम्बेसडरको रूपमा चयन गरिएको हो ।

कोड मन्त्रका प्रमुख कार्यकारी अधिकृत भुवन रिजाल, प्रमुख प्राविधिक अधिकृत सुजन रिजाल र उत्पादन सल्लाहकार सलोम भट्टले हालै एक कार्यक्रम आयोजना गरी ऋचा घिमिरेलाई ब्रान्ड एम्बेसडरमा अनुबन्धित गरेका थिए ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि ऋचा घिमिरेले भनिन्, “यो केवल एक ब्रान्ड साझेदारी मात्र होइन । हामी अहिले विश्वव्यापी गाउँमा बाँचिरहेका छौँ र यस्ता सहकार्यहरूले विश्वभरका कलाकारहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछन् ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu