‘के घर के डेरा : घर नं २’ आजबाट हलमा रिलिज, गीत ‘ढुङ्गा देउता भयो’ सार्वजनिक



काठमाडौं – नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आज शुक्रवार देशभर रिलिज भएको छ । यो चलचित्र रिलिज भएता पनि अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ले व्यापारको रफ्तार कायम राखेका कारण शो भने बाँडिएका छन् ।

चलचित्र रिलिजको अघिल्लो दिन बिहीबार निर्माण टिमले यसको मुख्य गीत ‘ढुङ्गा देउता भयो’ सार्वजनिक गरेको थियो, जसले चलचित्रको भावनात्मक तहलाई उजागर गर्दै दर्शकलाई अझ नजिक ल्याउने कोसिस गरेको छ । गीतमा चर्चित लेखक बुद्धि सागरको भावुक शब्द रचना छ । सङ्गीत निर्देशक तथा अभिनेता निश्चल बस्नेतको सङ्गीत रहेको गीतमा सलिन मगरको आवाज सुन्न सकिन्छ । गीतको भिडियोमा केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र स्वयं लेखक बुद्धि सागरलाई प्रस्तुत गरिएको छ । शान्त र भावनात्मक शैलीमा तयार पारिएको गीतले जीवनका सङ्घर्ष र पीडाबाट व्यक्तिले कसरी आत्मबल प्राप्त गर्छ भन्ने सन्देश दिन्छ ।

गीतले सपनालाई जिन्दगीको मेरुदण्डका रूपमा चित्रण गरेको छ भने ढुङ्गा र देउताको बिम्ब प्रयोग गरेर चोट र कष्टलाई शक्तिको रूपमा प्रस्तुत गरिएको छ । गीतको काव्यात्मकता र भावनात्मक गहिराइले चलचित्रको स्तर झल्काउँछ ।

साहित्यकार बुद्धि सागरको पहिलो पटकको स्क्रिप्ट लेखनमा बनेको यो चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे र सुरज विष्टको अभिनय रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu