‘नरसिंहाः अवतार’ को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक



काठमाडौं – यही जेठ ९ गते रिलिज हुने नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ । यो गीतले बुवा र छोरीको गहिरो मायालाई देखाउँछ, जहाँ अभिनेता राजेश हमालले छोरीको भूमिकामा रहेकी एल्भिना खड्कासँगको सुन्दर सम्बन्धलाई प्रस्तुत गरेका छन् ।

स्वरूपराज आचार्यले गाएको यो गीतमा मुक्त उदासका शब्दहरू छन् भने अर्जुन पोखरेलले सङ्गीत भरेका छन् । भिडियोमा राजेश हमालसँगै अभिनेत्री नीति शाह पनि देखिएकी छिन्, जसले गीतमा प्रेमको भावलाई जीवन्त बनाएकी छन् ।

दिवाकर भट्टराईले लेखेको र निर्देशन गरेको यो चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई लगायत थुप्रै कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu