
काठमाडौं – अभिनेत्री दिव्या रायमाझी अब नयाँ चलचित्र ‘राम नाम सत्य’मा देखिने भएकी छिन् । यो चलचित्र उनी दुई चर्चित एक्सन अभिनेताहरू बिराज भट्ट र सुशील श्रेष्ठसँगै काम गर्नेछिन् ।
‘राम नाम सत्य’ माइकल चन्दले निर्देशन गर्दैछन् । दिव्याले आइतबार निर्माण टिमसँग सम्झौता गरेकी हुन् । चलचित्रको कथा र आफ्नो भूमिका मन परेकोले काम गर्न तयार भएको दिव्याले बताइन् । बिराज र सुशीलसँग काम गर्न पाउँदा खुसी लागेको उनले जनाइन् ।
निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन आउँदो साउन महिनाबाट सुरु हुनेछ । माइकल इन्टरटेन्मेन्ट हाउसले बनाउन लागेको यो चलचित्र माइकल चन्दले नै लेखेका हुन् । चलचित्रका निर्माता उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ हुन् भने डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत र सुशन प्रजापतिको छायाङ्कन रहनेछ ।