
काठमाडौं – आगामी शुक्रवारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को बुकिङ खुल्ला भइसकेको छ । रिलिजको मिति नजिकिँदै गर्दा यसको चर्चा चुलिएको छ । यसै क्रममा, निर्माण पक्षले दर्शकमाझ नयाँ रोमान्टिक गीत ‘तिम्रो मात्र हुने मन छ’ सार्वजनिक गरेको छ ।
सार्वजनिक गीत ‘तिम्रो मात्र हुने मन छ’मा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ भने यसमा सैराज खाती र मनीषा सुनुवारले स्वर दिएका छन् । गीतमा नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । माइकल चन्दको कोरियोग्राफी रहेको यस गीतमा राजु थापाको डीओपी रहेको छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा नेपाली चलचित्र उद्योगका चर्चित अनुहारदेखि लिएर नयाँ प्रतिभासम्मको अभिनय देख्न सकिन्छ । यसमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जङ्ग बस्नेत, प्रकाश जङ्ग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी र टार्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा निर्माण भएको यस चलचित्रमा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा तथा राजु तामाङको एक्सन निर्देशन रहेको छ ।
गीत: