साइकोलोजिकल थ्रिलर ‘द ब्ल्यू लाइट’को मुहूर्त



काठमाडौं – साइकोलोजिकल थ्रिलर नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभ मुहूर्त आज काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सम्पन्न भएसँगै औपचारिक रूपमा निर्माण कार्य सुरु भएको छ । उक्त अवसरमा सिनेमाका मुख्य कलाकार र प्राविधिकहरूको उपस्थिति रहेको थियो। ।

‘द ब्ल्यू लाइट’ को छायाङ्कन जेठ २२ गते बिहीबारबाट सुरु हुने बताइएको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायाङ्कन तालिका २० दिन तोकिएको छ । 

बलिराम चौहानले ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । चौहान हालै चर्चामा रहेको चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक पनि हुन् । चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ, जसमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छिन्, जसले चलचित्रको रहस्यमय र मनोवैज्ञानिक पृष्ठभूमि झल्काउँछ ।

चलचित्रमा मुख्य भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी रहेका छन् । यस्तै, बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको ‘द ब्ल्यू लाइट’ को सह-निर्माता रमन ग्रे हुन् भने नरेन्द्र मैनालीले छायाङ्कन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu