‘पिताम्बर’को ५१औँ दिनमा ‘पिताम्बर २’ घोषणा



काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बनेको एक्सन चलचित्र ‘पिताम्बर’को दोस्रो शृङ्खला निर्माण हुने भएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा चलचित्रले प्रदर्शनको ५१औँ दिन मनाएको खुसीयालीमा निर्माताले दोस्रो भागको घोषणा गरेका हुन् । यद्यपि, निर्माण र प्रदर्शन मितिबारे भने कुनै जानकारी दिइएको छैन ।

बताइए अनुसार, ‘पिताम्बर’ को दोस्रो शृङ्खला प्रिक्वेल (पहिलो भाग) हुनेछ । रिलिजअघि नै निर्देशक चौलागाईंले यसको प्रिक्वेल निर्माण गरिने र त्यसका लागि एक घण्टाको फुटेज (दृश्य) समेत खिचिसकेको बताएकी थिइन् । उनले मिडिया कुराकानीमा भनेकी थिइन्, ‘प्रिक्वेलका लागि झन्डै एक घण्टाको फुटेज तयार भइसकेको छ । अब कन्क्लुजनका लागि एक घण्टा जति खिच्न बाँकी छ ।’

गत चैत अन्तिममा प्रदर्शन भएको ‘पिताम्बर’ ले काठमाडौंको रञ्जना सिनेप्लेक्समा ५१ दिन मनाउँदै गर्दा देशभरिबाट ४.५ करोडभन्दा बढी कलेक्सन गरेको आँकडा रहेको छ । यस चलचित्रले घरेलु बक्स अफिस, अन्तर्राष्ट्रिय बजार र डिजिटल अधिकार बिक्रीलाई जोडेर लगानी उठाएको जनाइएको छ ।

बदलाको कथामा आधारित ‘पिताम्बर’ मा सौगात मल्ल, दयाहाङ राई, सुरक्षा पन्त, प्रदीप खड्का, अनुपविक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आर्यन सिग्देल लगायतका कलाकारको अभिनय छ । ‘पिताम्बर २’ मा प्रदीप, सौगात र सुरक्षा दोहोरिन सक्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu