चलचित्र ‘जन्ते बाख्रो’ प्रदर्शनमा



काठमाडौं – नेपाली चलचित्र ‘जन्ते बाख्रो’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा ‘पूर्ण मनोरञ्जनात्मक र पारिवारिक चलचित्र’ को प्रतिक्रिया पाएको यो फिल्मलाई प्रदर्शकहरूले उत्साहजनक शोहरू दिएका छन् ।

‘जन्ते बाख्रो’ ले देशभरका मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमामा उल्लेख्य शोहरू पाएको छ । यसअन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा ४ शो, लबिम मलमा ३ शो, सिभिल मलमा ३ शो, छाया सेन्टरमा ३ शो, राइजिङ मलमा १ शो, सिटी स्क्वायरमा २ शो तोकिएको छ। मोफसलमा पनि नेपालगन्जमा २ शो, बुटवलमा २ शो, दमौलीमा ३ शो, नारायणगढको जालमामा २ शो, विराटनगरमा २ शो, बिर्तामोडमा ३ शो, वीरगन्जमा १, पोखरामा ३ शो र चितवनमा ३ शो पाएको छ ।

काठमाडौं उपत्यकाका अन्य मल्टिप्लेक्सहरूमा पनि चलचित्रले राम्रो शो पाएको छ । कमलपोखरीको बिग मुभिजमा २ शो, गोङ्गबुको बिएसआर मुभिजमा ३ शो, सुनधाराको सिने डी सेफमा २ शो, चाबहिलको एफक्युब सिनेमामा २ शो, जमलको विश्वज्योति सिनेप्लेक्समा १ शो, न्युरोडको रञ्जना सिनेप्लेक्समा २ शो, कीर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलाको सिके सिनेमाजमा २ शो, बानेश्वरको वान सिनेमाजमा ४ शो र कालीमाटीमा ३ शो तोकिएको छ । आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो, बानेश्वरमा ३ शो र बुटवलमा ३ शो, नैकापको डिएम सिनेमाजमा १ शो, भक्तपुरको सूर्य विनायक सिनेमाजमा १ शो रहेको छ ।

उपत्यका बाहिर पनि पोखराको मिडटाउनमा १ शो, सिमराको आइएनआइ केएसआर मुभिजमा ३ शो, दमकको डिम्याक्स सिनेमाजमा २ शो, विराटनगरको सिटी सिनेमामा २ शो, धरान र बुटवलको फ्रेन्ड्स सिनेमाजमा १ शो, बिर्तामोडको पाथीभरा सिने प्लाजामा १ शो, धनगढीको एसटिएस सिनेमाजमा १ शो, पर्सा चितवनको म्याङ्गो जनज्योतिमा २ शो, नवलपुरको कावासोती सिनेम्याक्समा १ शो, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा १ शो, नेपालगन्जको सिने रोयलमा ३ शो, इटहरीको इलाइट सिनेमाजमा ३ शो रहेको छ ।

यसका निर्माता सन्तोष गौतमले प्रिमियरमा सिनेकर्मीबाट पाएको सकारात्मक प्रतिक्रिया र आज शुक्रवार दर्शकबाट पाइने प्रतिक्रियाले आगामी दिनमा शो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । सिमोस सुनुवारको निर्देशन तथा प्रदीप भारद्वाजको लेखनमा तयार भएको यस चलचित्रमा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu