‘द ब्ल्यू लाइट’को पोस्टरमा बेनिशा



काठमाडौं – बलिराम चौहान निर्देशित नयाँ नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य कलाकार बेनिशा हमाल बारमा बसेर चुरोट पिउँदै तनावमा देखिएकी छिन् । उनको यो गेटअप र अनुहारको भावले उनी बारगर्लको भूमिकामा रहेको र कुनै धोकाका कारण तनावमा रहेको सङ्केत गर्छ । 

निलो प्रकाशको प्रयोगले पोस्टरमा रहस्यमयता थपिएको छ । यो पोस्टरले काठमाडौंको नाइटलाइफको अँध्यारो पाटो र मनोविज्ञानलाई चलचित्रले उजागर गर्न सक्ने अनुमान गरिएको छ, तर निर्माण पक्षले भने यसबारे अझै प्रस्ट पारेको छैन ।

गत बिहीबारबाट छायाङ्कन सुरु भएको यस साइकोलोजिकल थ्रिलर चलचित्रमा बेनिशाका साथै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी को पनि मुख्य भूमिका रहेको छ । स्काइफल पिक्चर्सले प्रस्तुत गर्ने ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा आउने निर्देशक चौहानले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu