‘जन्ते बाख्रो’लाई दर्शकको सकारात्मक प्रतिक्रिया



काठमाडौं – यही जेठ २३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जन्ते बाख्रो’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । प्रदर्शनको पहिलो शुक्रवार र शनिवार निर्माण टिम, कलाकारसहित दर्शकको बाक्लो उपस्थिति रहेको हलमा पुगेर प्रतिक्रिया लिएका थिए ।

चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको दर्शकले प्रशंसा गरेका छन् । दर्शकहरूले चलचित्रलाई ‘उत्कृष्ट वर्ड अफ माउथ’ दिएका छन्, जसले गर्दा विक डेजमा समेत सिनेमाको व्यापार राम्रो हुने अपेक्षा निर्माण टिमको छ । दर्शकसँग साक्षात्कार गर्न हल पुगेका कलाकारसँग सेल्फी खिच्ने दर्शकको भीड लागेको थियो ।

दर्शक प्रतिक्रियाले उत्साहित भएका चलचित्रका मुख्य कलाकार, निर्माता तथा निर्देशकले भनेका छन्, “हामीले सिनेमा राम्रो बनाएको प्रतिक्रिया पाएका छौँ । दर्शकले हेरेपछि प्रवाह हुने ‘वर्ड अफ माउथ’ ले हाम्रो चलचित्रको राम्रो प्रचार भयो भन्नेमा विश्वस्त छौँ “

सिमोस सुनुवारको निर्देशन तथा प्रदीप भारद्वाजको लेखनमा तयार भएको यस चलचित्रमा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्माका साथै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायतका कलाकारको अभिनय छ। मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्ममा हरि हुमागाईँको छायाङ्कन निर्देशन, उत्तम हुमागाईँको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu