चलचित्र ‘लाज शरणम्’ को १०१ औँ दिनको अवसरमा विद्यार्थीहरूलाई सहयोग



काठमाडौं – प्रदर्शनको १०१ औँ दिन मनाएको अवसरमा चलचित्र ‘लाज शरणम्’को निर्माण टोलीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेको छ ।

मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा चलचित्रका निर्माता नवीन श्रेष्ठ ले ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतलहरू विद्यार्थीहरूलाई हस्तान्तरण गर्नुभयो । निर्माता श्रेष्ठले यस अवसरका लागि आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतारा सिटीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुमार कट्टेल को निर्देशनमा बनेको ‘लाज शरणम्’ शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको थियो । काठमाडौंका रञ्जना सिनेप्लेक्स (न्युरोड) र बिएसआर मुभिज (गोङ्गबु) मा यस चलचित्रले १०१ दिन प्रदर्शनको सफलता हासिल गरेको छ । यो चलचित्र गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ पछि १०१ दिन मनाउने पहिलो चलचित्र हो ।

‘लाज शरणम्’ मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि यस चलचित्रमा विशेष भूमिकामा छन् । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यस चलचित्रका सह निर्माताहरू राम नरेश शाह र सिर्जना खड्का हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu