‘एक्लो’का कलाकार थापा र उप्रेतीको क्यारेक्टर लुक्स सार्वजनिक



काठमाडौं – नेपाली साइन्स फिक्शन फिचर चलचित्र ‘एक्लो’का दुई कलाकारहरू सुनिल थापा र एवन राज उप्रेतीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । थापा र उप्रेतीको फरक लुक्ससहितको पोस्टर सार्वजनिक भएसँगै यसअघि सार्वजनिक भएका प्रदीप खड्का, विजय लामा, दिया पुन, बेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, र जेमी बेकनको पोस्टरहरूको शृङ्खला पूरा भएको बताइएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका निर्देशक प्रदीप शाही को यो तेस्रो निर्देशकीय चलचित्र हो । उनले ‘एक्लो’ लाई हलिउड स्तरको बनाउने लक्ष्यका साथ काम गरिरहेको जनाएका छन् । हाल यसको पोस्ट-प्रोडक्सन लन्डनमा भइरहेको छ । केही हप्ताअघि मात्र कान्स फिल्म फेस्टिभलमा स्टल राखेर फिल्मको मार्केटिङ गरिएपछि ‘एक्लो’ को चर्चा झनै बढेको छ । यद्यपि, सार्वजनिक प्रदर्शन मिति भने अझै तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu