‘जदौ’मा मुकुन भुसाल



काठमाडौं – अन्तरजातीय प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जदौ’मा अभिनेता मुकुन भुसाल भित्रिएका छन् । यसअघि अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छिन् ।

काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको यस फिल्मको निर्देशन कसले गर्ने भन्नेबारे भने खुलाइएको छैन । भदौबाट छायाङ्कन सुरु हुने ‘जदौ’मा मुकुन भुसालसँगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धित भएकी छिन् ।

सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने यस फिल्मको सह निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ति तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu