
काठमाडौं – निर्देशक कृषा चौलागाईंको नयाँ चलचित्र ‘जहाजैमा’ निर्माण हुने भएको छ । जापानमा नेपाली चलचित्रको वितरणमा सक्रिय यूएनए प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो चलचित्रको नाम सार्वजनिक गरिएको हो ।
फिल्मले जापान जाने सपना बोकेका युवाहरूको कथा भन्नेछ । सार्वजनिक थिम पोस्टरमा एक जना पुरुष विमानस्थलमा लगेज बोकेर जहाज चढ्न लागेको देखाइएको छ । उज्ज्वल गुरागाईँले निर्माण गर्ने यस चलचित्रका कलाकारहरूको लाइनअप भने सार्वजनिक गरिएको छैन । तर, चलचित्रको छायाङ्कन पुरुषोत्तम प्रधानले गर्ने पक्का भएको छ । चलचित्रमा नेपाल, जापान र फिलिपिन्सका कलाकारहरूले अभिनय गर्ने बुझिएको छ ।
सन् २०२६ मा रिलिज गर्ने लक्ष्य राखिएको यो चलचित्रको छायाङ्कन आगामी भदौबाट सुरु हुनेछ । चलचित्र नेपाल, जापान र फिलिपिन्समा छायाङ्कन गरिनेछ, जसमध्ये जापानमा एक महिनासम्म छायाङ्कन हुने बताइएको छ ।
कृषाले यसअघि चलचित्र ‘पिताम्बर’ निर्देशन गरेकी थिइन् ।