पल शाह ‘महाराजधिराज’बाट बाहिरिए, कहिले हुन्छ छायाङ्कन ?



काठमाडौं – अभिनेता पल शाह निर्माणाधीन फिल्म ‘महाराजधिराज’बाट बाहिरिएका छन् । यससँगै फिल्मको पूर्वनिर्धारित छायाङ्कन र दसैँमा हुने भनिएको प्रदर्शन मिति अनिश्चित बनेको छ ।

निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत शाहसँगको सम्झौता दुवै पक्षको आपसी सहमतिमा अन्त्य भएको जनाएको छ । पल शाहले पनि आफ्नो कम्पनी पल शाह फिल्म्सले निर्माण गर्ने र आफू मुख्य भूमिकामा रहने अर्को फिल्म ‘यानीमाया’का लागि तयारी गर्नुपर्ने भएकाले ‘महाराजधिराज’का लागि समय जुधेको प्रष्टीकरण दिएका छन् । उनले ‘यानीमाया’लाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

पल शाहको बहिर्गमनले ‘महाराजधिराज’को असार पहिलो सातादेखि सुरु हुने भनिएको छायाङ्कन अन्योलमा परेको छ । यसको सीधा असर आगामी दसैँमा फिल्म रिलिज गर्ने योजनामा पर्ने देखिन्छ । अब पलको स्थानमा कुन कलाकारले प्रवेश पाउँछन् भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu