
काठमाडौं – प्रज्ञा डबलीमा एक विशेष कार्यक्रमकाबीच ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । यससँगै चलचित्रको प्रदर्शन मिति आगामी भदौ ६ गते लाई पनि घोषणा गरिएको छ ।
सार्वजनिक गरिएका दुई पोस्टरमध्ये एउटामा हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) लाई पैसाको थुप्रोमाथि कुर्सीमा बसेर राजकीय शैलीमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा भने चलचित्रका तीन प्रमुख कलाकारहरू केदार घिमिरे, वर्षा सिवाकोटी, र विल्सन विक्रम राई लाई स्थान दिइएको छ ।
निर्देशक लामिछानेका अनुसार ‘माग्ने राजा’ले आफूलाई राजाको रूपमा प्रस्तुत गर्ने युवा पुस्ताको कथा लाई पर्दामा उतार्नेछ । यस चलचित्रका प्रस्तुत कर्ता तथा निर्माता मुनाल घिमिरे हुन् ।
यस चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पवि को मुख्य अभिनय रहेको छ । अभिनेता आर्यन सिग्देलको विशेष भूमिका पनि देख्न सकिनेछ ।
यसमा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद, र दीपक शर्मा र बाबुल गिरीको सङ्गीत रहेको छ ।