‘राम नाम सत्य’मा कस्तो भूमिकामा हुनेछन् सुनिल थापा ?



काठमाडौं – आगामी साउनको अन्तिम साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ‘राम नाम सत्य’को प्री-प्रोडक्सन कामले अहिले तीव्रता पाएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्न लागेको यस चलचित्रमा कलाकार छनोटको काम पनि अन्तिम चरणमा पुगेको छ ।

चलचित्रमा यसअघि नै बिराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्ट जस्ता स्थापित कलाकारहरू अनुबन्धित भइसकेका छन् । अब यस सूचीमा अनुभवी कलाकार सुनिल थापा पनि जोडिएका छन् ।

निर्देशक माइकल चन्दका अनुसार, सुनिल थापालाई यस पटक दर्शकले सोच्दै नसोचेको बिल्कुलै नयाँ अवतारमा देख्न पाउनेछन् । चन्दले भने, “सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नुभएको थिएन । हामी उहाँलाई बिल्कुलै फरक अवतारमा देखाउँदैछौं, जुन अवतारले दर्शकलाई पनि चकित पार्नेछ ।”

‘राम नाम सत्य’लाई लभस्टोरी, एक्सन, रोमान्स र सस्पेन्स को मिश्रणका रूपमा तयार पार्ने निर्देशक माइकलको योजना छ । नायक सुशील श्रेष्ठ ‘परिवर्तन’ फिल्मको छायाङ्कन सकेर फर्किए लगत्तै सम्पूर्ण टिम वर्कसपमा जुट्ने निर्देशक चन्दले जानकारी दिए ।

उपेन्द्र शाही, श्वेता बिमली र उत्तम गुरुङको लगानी रहने यस फिल्मका कार्यकारी निर्माता डाक्टर डी.आर. उपाध्याय, टी.आर. गौडेल र नरेन्द्र शाह रहेका छन् । महेश पौडेलको डीओपी रहने यो चलचित्रमा दक्षिण भारतीय कलाकार तथा एक्सन निर्देशकहरूसँग पनि सहकार्य गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu