‘जहाजैमा’मा ‘माग्ने बुढा’ अनुबन्ध



काठमाडौं – निर्देशक कृषा चौलागाईंको तेस्रो चलचित्र ‘जहाजैमा’मा लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । मङ्गलवार निर्माण टोलीले घिमिरेसँग औपचारिक सम्झौता गरेसँगै यस मल्टिस्टारर फिल्ममा उनको प्रवेश निश्चित भएको हो । यो कृषा र केदार घिमिरेबीचको पहिलो सहकार्य हुनेछ ।

निर्देशक चौलागाईंले केदार घिमिरेलाई अहिलेका सर्वाधिक रुचाइएका कलाकारको रूपमा चित्रण गर्दै फिल्ममा उनको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताइन् । “उहाँलाई हाम्रो फिल्ममा भित्राउन पाउँदा हामी निकै नै उत्साहित छौँ,” चौलागाईंले भनिन् । यस चलचित्रको लागि यसअघि नै जापानी अभिनेत्री रजेल इचिमिया फिल्मका लागि फाइनल भइसकेकी छिन् ।

यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथालाई जोड्नेछ । फिल्मको छायाङ्कन आगामी भदौ महिनाबाट सुरु हुनेछ र यसलाई नेपाल, जापान, तथा फिलिपिन्सका विभिन्न रमणीय स्थानहरूमा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu