चलचित्र ‘हली’को ‘चान्स पाएँ त’ गीतमा दीपा, प्रियङ्का, पूजाको नृत्य



काठमाडौं – पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानीमा निर्मित चलचित्र ‘हली’को प्रचारप्रसारका लागि आज एक विशेष गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बाबुल गिरी र शान्ति श्री परियारको स्वरमा रहेको ‘चान्स पाएँ त’ बोलको गीत सार्वजनिक गरिएको हो । जस्मिन श्रेष्ठले शब्द रचना गरेको यस गीतमा बाबुल गिरीले सङ्गीत भरेका छन् ।

सार्वजनिक गरिएको प्रमोशनल गीतको भिडियोमा चलचित्रका मुख्य नायक प्रमोद दीपका साथै लोकप्रिय कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियङ्का कार्की र पूजा शर्माले नृत्य प्रस्तुत गरेका छन् । प्रमोशनल गीतलाई विपिन मल्लले सम्पादन गरेका हुन् । यस गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । राहुल राईले छायाङ्कन गरेका छन् ।

शुभ चिरायु फिल्म्स र जापुरा फिल्म्स प्रोडक्सनको सहकार्यमा बनेको यो चलचित्र ओम प्रतिकले लेखेका र निर्देशन गरेका हुन् । वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको बताइएको यस चलचित्रमा नम्रता भण्डारी सह-निर्माताको रूपमा रहेकी छिन् । चलचित्रमा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu