‘सिटामोल’ टिजरमा सौगात–बेनिशाको बाल्यकालदेखिको प्रेम, विवाहपछिका उतारचढाव



काठमाडौं – नेपाली चलचित्र ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ । आउँदो साउन २३ गतेदेखि प्रदर्शनमा आउने यो सिनेमाको १ मिनेट ४९ सेकेन्ड लामो टिजर राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो ।

‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने मार्मिक हरफबाट सुरु हुने टिजरले चलचित्रको कथावस्तुलाई उजागर गरेको छ । निर्देशक राज बहादुर सानेले टिजरमार्फत दर्शकलाई मुख्य पात्रहरूको बाल्यकालदेखिको प्रेम सम्बन्ध र विवाहपछिका उतारचढावहरूबारे उत्सुक बनाएका छन् । टिजरमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको सशक्त अभिनयले दर्शकमाझ कौतुहलता जगाउन सफल देखिन्छ ।

सौगात र बेनिशाबाहेक यस चलचित्रमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ । श्रीकृष्ण र जानुकाले यसै सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यस चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको ‘सिटामोल’ मा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माताको भूमिकामा छन् । यसै गरी, गङ्गाराम श्रेष्ठ सह-निर्माता छन् ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu