
काठमाडौं – नेपाल सरकारले अब प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ को रूपमा मनाउने औपचारिक घोषणा गरेको छ । असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो । यसअघि असोज १ गतेलाई चलचित्र दिवस मनाउने भनिए पनि, चलचित्र विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले मिति परिवर्तन गरी असोज १५ गते कायम गरेको हो । चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आज यसको औपचारिक जानकारी गराइएको हो ।
यसैबीच, चलचित्र विकास बोर्डले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा विगत २५ वर्षमा नेपालमा सर्वाधिक व्यापार गर्ने २५ वटा नेपाली चलचित्रका निर्माताहरूलाई सम्मान गरेको छ । सोमबार आयोजित एक विशेष समारोहमा कुल व्यापार ५ करोडभन्दा माथि रहेका र अधिकतम कमाइ गरेका चलचित्रका निर्माताहरूलाई कदर गरिएको हो ।
बोर्डका अनुसार, नेपालमा हालसम्मको सर्वाधिक कमाइ गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बनेको छ, जसले रु. ४६ करोड ८७ लाखको व्यापार गरेको छ । दोस्रो स्थानमा ‘कबड्डी ४’ (रु. २१ करोड ४० लाख) र तेस्रो स्थानमा ‘१२ गाउँ’ (रु. १९ करोड ९२ लाख) रहेका छन् ।
सर्वाधिक कमाइ गर्ने शीर्ष २५ चलचित्रको सूची यस प्रकार छ:
१. पूर्ण बहादुरको सारङ्गी: रु. ४६ करोड ८७ लाख
२. कबड्डी ४: रु. २१ करोड ४० लाख
३. १२ गाउँ: रु. १९ करोड ९२ लाख
४. छक्का पञ्जा ४: रु. १७ करोड ५३ लाख
५. जारी: रु. १७ करोड ४८ लाख
६. छक्का पञ्जा: रु. १६ करोड १० लाख
७. महाजात्रा: रु. १५ करोड ६७ लाख
८. छक्का पञ्जा ५: रु. १५ करोड २० लाख
९. कोहिनुर: रु. १४ करोड ७५ लाख
१०. छक्का पञ्जा २: रु. १४ करोड ५१ लाख
११. शत्रु गते: रु. १२ करोड ६५ लाख
१२. ऊनको स्वीटर: रु. १० करोड ६२ लाख
१३. कबड्डी २: रु. १० करोड ३५ लाख
१४. बोक्सीको घर: रु. १० करोड १० लाख
१५. छ माया छपक्कै: रु. ९ करोड ९२ लाख
१६. दिमाग खराब: रु. ८ करोड ९८ लाख
१७. अञ्जिला: रु. ८ करोड ८३ लाख
१८. परदेशी २: रु. ७ करोड ९२ लाख
१९. छक्का पञ्जा ३: रु. ७ करोड ८३ लाख
२०. प्रेम गीत ३: रु. ७ करोड ६३ लाख
२१. कबड्डी कबड्डी कबड्डी: रु. ७ करोड ५९ लाख
२२. पुजार सार्की: रु. ७ करोड ३८ लाख
२३. महापुरूष: रु. ७ करोड ३५ लाख
२४. कबड्डी: रु. ७ करोड ३४ लाख
२५. पशुपति प्रसाद २–भष्मे डन: रु. ७ करोड ३२ लाख




