
काठमाडौं – हास्य कलाकार तथा निर्देशक मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) ले फिचर चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने पहिलो चलचित्र ‘गोबर गणेश’ निर्माणको औपचारिक घोषणा गरिएको हो । बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा बन्न लागेको यो चलचित्र आगामी माघ १ गते प्रदर्शनमा आउने जनाइएको छ ।
टेलिचलचित्रमा दर्शकमाझ लोकप्रिय रहेका बल्छी धुर्बे ‘मेरी बास्सै’ बाट दर्शकको मन जितेका थिए भने ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता सफल टेलिचलचित्रको निर्देशन गरेका थिए ।
‘गोबर गणेश’ मा अभिनेत्रीको मुख्य भूमिकामा वर्षा सिवाकोटी रहने छिन् । अन्य कलाकारहरूमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) लगायतका कलाकारहरूको अभिनय रहनेछ ।