साम्राज्ञीले छाडेपछि ‘जदौ’मा नीतिको प्रवेश



अन्तरजातिय प्रेमकथामा निर्माण हुन लागेको चलचित्र ‘जदौ’को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र चलचित्रका निर्माताबीच शनिबार काठमाडौंमा सम्झौता भएको हो ।

यसअघि चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गरिएकोमा उनले व्यस्तताका कारण काम गर्न नभ्याउने भएपछि निर्माण पक्षले नीतिलाई लिएको हो । यसमा उनको जोडी ‘बुलबुल’ फेम्ड अभिनेता मुकुन भुसालसँग बाँधिनेछ ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको निर्माण रहने चलचित्रको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । निर्देशकको नाम भने गोप्य राखिएको छ । काजी लिम्बूको लेखन र बाबुल गिरीको संगीत रहेको चलचित्रको छायांकन भदौबाट दाङ र प्युठान जिल्लामा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu