५१ दिनमा सकियो ‘कोशेढुंगा’को छायांकन



सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’को छायांकन सकिएको छ । मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ र मार्खुमा एउटा गीतको छायांकन गरेपछि सोमबार ५१ दिनमा चलचित्र ‘प्याकअप’ भएको हो ।

गत फागुनमा ललितपुरको च्यासलमा सेट लगाएर सुरु भएको ‘कोशेढुंगा’को छायांकन त्यसपछि गण्डकी प्रदेशको स्याङ्जाको आँधीखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको थियो । यो चलचित्र तीजको अवसर पारेर आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने निश्चित भइसकेको छ । नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ चलचित्र रिलिज हुने जनाइएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ ।

‘कोशेढुंगा’को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा आशिष अविरल र रिदम कँडेलको संगीत छ । चलचित्रलाई नहकुल खड्काले सम्पादन गर्नेछन् । यो चलचित्र महिलाप्रधान कथावस्तुमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu