‘शिरीषको फूल’बाट रंगमञ्चमा डेब्यु गर्दै सनिशा



पारिजातको चर्चित कृति ‘शिरीषको फूल’मा आधारित नाटकमार्फत अभिनेत्री सनिशा भट्टराई पहिलो पटक रंगमञ्चमा देखिने भएकी छन् । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको उक्त नाटकमा उनले प्रमुख पात्र सकम्बरीको भूमिका निर्वाह गर्नेछिन् ।

कान्तिपुर थिएटर प्रमुख प्रकाश पुरीका अनुसार पात्रको गहिरो भावबोध बुझ्न सक्ने कलाकारको खोजी गर्ने क्रममा सनिशालाई रोजिएको हो । नाटकमा उनको अपोजिटमा दशकअघि नेपाली चलचित्रमा सक्रिय रहेका अभिनेता जीवन लुइँटेल रहनेछन् ।

यही नाटकबाट जीवन एक दशकपछि अभिनयमा फर्किन लागेका हुन् । यसमा उनले सुयोगवीर पात्रको भूमिका निर्वाह गर्नेछन् । हाल अमेरिकामा रहेका उनी नाटक खेल्न आगामी साता नेपाल आउने जनाइएको छ । यतिबेला सनिशासहितको टिम नाटकको कार्यशालामा व्यस्त छ ।

नाटकको निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले गर्दैछिन् । नाटकको लेखन घिमिरे स्वयंको हो ।

चलचित्र ‘१२ गाउँ’बाट चर्चा कमाएकी सनिशा पछिल्लो पटक चलचित्र ‘नरसिंहा अवतार’मा देखिएकी थिइन् । अब रंगमञ्चमा ‘शिरीषको फूल’ जस्तो कालजयी उपन्यासको चर्चित पात्र ‘सकम्बरी’को भूमिकामा उनी आफूलाई कसरी प्रस्तुत गर्छिन् भन्ने चासो दर्शकमा रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu